


निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य, आज प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज पनि तोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।