

एलजी नेपालको ‘खुसीको ४० वर्ष’ विशेष दसैं-तिहार अफर सार्वजनिक




काठमाडौं । एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै ‘खुसीको ४० वर्ष’ नामक दसैं-तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दसैं-तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियान अन्तर्गत, उपभोक्ताले ४० प्रितशतसम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।
मुख्य आकर्षण
फ्रन्ट लोड वासिङ मेसिन (११ केजीसम्म)- ६ केजी एरियल म्याटिक उपहार
फ्रन्ट लोड वाशिङ मेसिन (१३ केजी+)– इन्डक्सन चुलो उपहार
टप लोड/ट्विन टब वासिङ मेसिन– ३ लि. एरियल लिक्विड उपहार
डिशवाशर– २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
साइड-बाइ-साइड फ्रिज–माइक्रोवेभ ओभन उपहार
डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
माइक्रोवेभ ओभन– कुकिङ किट उपहार
एयर कन्डिसनर– निःशुल्क इन्स्टलेसन
अतिरिक्त सुविधा
शून्य प्रतिशत इएमआइ (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
३२” वा सोभन्दा ठूलो टिभी किन्दा– ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन
यो विशेष अफर भादाै १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।