

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प




काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।