
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक २०८० को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।


