


सुनको मूल्य एकै दिन ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड, कतिमा हुँदै छ काराेबार ?




काठमाडौं । साताको पहिलो दिन आइतबार सुन प्रतितोला एकै दिन तोलामा ३ हजार रुपैयाँ बढेरे फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्यमा पनि प्रतितोला ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।