
एक सातामा नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुल १ करोड १४ लाख ६० हजार ५९० कित्ता शेयर सूचीकृत भएको सूचकमा देखिन्छ।
सोही मध्ये छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर बापतको ३८ लाख ६९ हजार ७७५ कित्ता, नेको इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर बापतको १७ लाख ६० हजार ८१५ कित्ता शेयर रहेको हो।
यता, हिम स्टार ऊर्जाको ३७ लाख ३० हजार कित्ता आईपीओ र यूनाइटेड अजोडको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर रहेको बेलामा ग्लोबल आइएमई समुन्नत योजना–२ को १५ करोड कित्ता इकाई पनि सूचीकृत भएको नेप्सेमा देखिएको हो।

