


घोषणा भयो नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को प्रतिफल




काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ ले प्रतिफल घोषणा गरेका छन् । दुबै फण्डले १३–१३ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।
फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल घोषणा गरेका हुन् ।
प्रतिफल घोषणा लगत्तै भदौ २२ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । भदौ १९ गतेसम्म कायम रहेका इकाईधनीहरुले प्रतिफल पाउनेछन् ।