


यस्तो छ निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनको पछिल्लो तथ्यांक




काठमाडौं । बीमा क्षेत्रको नियनकारी निकाय (नेपाल बीमा प्राधिकरण) का अनुसार निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो महिना साउनमा सवा ४ अर्ब रुपैयाँ बढीको व्यापार आर्जन गरेका छन् । उनीहरुले त्यस्तो व्यापार गत आर्थिक वर्षको साउन मसान्तको तुलनामा ८ करोड ५० लाख रुपैयाँमात्र बढाएका हुन्।
यता, गत आर्थिक वर्षको साउनसम्म यस कम्पनीको बीमा शुल्क आर्जन ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ रहेको देखिन्छ।
त्यसरी नै प्राधिकरणका अनुसार चालु आवको साउनमा १४ वटा निर्जीवन बीमा कम्पनीले २ लाख १५ हजार २८५ वटा बीमालेख जारी भएको बेलामा अवधिमा १० वटा बीमा कम्पनीको व्यापार बढ्दा बाँकी ४ वटा बीमा कम्पनीको व्यापार घटेको हो।
त्यस्तै, गत आवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै व्यापार भित्र्याउन सफल भएको छ भने गत आवको तुलनामा व्यापार वृद्धिको हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ। समिक्षा अवधिको चालु आर्थिक वर्षको साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बेलामा अघिल्लो वर्ष साउनमा कम्पनीले ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको तथ्यांकमा देखिन्छ।
सोही कम्पनीहरु मध्येबाट गत आवको तुलनामा चालु आवमा सबैभन्दा धेरै व्यापार भित्र्याउन दोस्रो बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। चालु वर्षको साउनमा यो कम्पनीले ४१ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
निर्जीवन बीमा कम्पनीहरुको समूहमा शिखर इन्स्योरेन्स चालु आवको पहिलो महिनामा ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आवको समिक्षा अवधिमा उसले ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। चालु वर्षको साउनमा ओरिएन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३६ करोड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ करोड ८१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
बीमा प्राधिकरणका अनुसार गत साउन महिनामा नेसनल इन्स्योरेन्सले २३ करोड ६ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २२ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।