
जीवन बीमा कम्पनीहरु व्यापार बढाउन सफल

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले नयाँ तथ्यांक सार्वजनिक गरेको छ । सोही तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीले १९ अर्ब ६५ करोड रुपैयाँ बढीको व्यापार गरेका देखिन्छ।
यता, गत आवको साउन मसान्तको तुलनामा चालु आवमा जीवन बीमा कम्पनीको व्यापार १ अर्ब ११ करोड ५३ लाख रुपैयाँले बढेको अवस्था छ।
त्यस्तै, गत आवको साउन मसान्तसम्म यी बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमामा कम्पनीका व्यापार ६।०२ प्रतिशतले बढेको हो भने १ वर्षमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले साउन मसान्त ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसरी नै सबैभन्दा धेरै बीमा शुल्क भएको दोस्रो कम्पनी नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष साउनमा २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यस कम्पनीले समीक्षा अवधिमा २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ६।५८ प्रतिशतले बढेको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चालु आर्थिक वर्षको साउनमा २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १।८४ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको साउनमा हिमालयन लाइफले २ अर्ब २ करोड ८१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब २४ कोड ५२ लाख रुपैयाँ, एसियन लाइफले ९४ करोड ८६ लाख रुपैयाँ र सिटिजन लाइफले ८५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ४।८८ प्रतिशत, सूर्यज्योति लाइफको १०।२६ प्रतिशत, एसियन लाइफको २।२९ प्रतिशत र सिटिजन लाइफको १२।०८ प्रतिशतले व्यापार बढेको छ।
सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफले ६७ करोड ५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख रुपैयाँ र मेट लाइफले ५३ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफको ६।४४ प्रतिशत, आइएमई लाइफको २३।५३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५ प्रतिशत, रिलायबल नेपाल लाइफले १६।४१ प्रतिशत र मेट लाइफको ६।८१ प्रतिशतले व्यापार बढेको तथ्यांकमा उल्लेखित छ।
समिक्षा अवधि चालु आर्थिक वर्षको साउनमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ७।४४ प्रतिशत र सन नेपाल लाइफको १८।६१ प्रतिशतले व्यापार घटेको तथ्यांकमा देखिन्छ।


