

खोटो बेचेर वन समूहले गरे १८ लाख बढी आम्दानी




दाङ । खोटो बेचेर वन समूहले १८ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जिल्लाका चार समुदायिक वनले १८ लाख ३७ हजार ६ सय ५७ रुपैयाँ आम्दानी गरेका हुन् ।
डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २ सय ५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् ।
आर्थिक वर्ष २०८०८१ को तुलनामा आव २०८१/८२ मा एक लाख ९६ हजार ७५६ किलो कम खोटो संकलन भएको छ । आव २०८०/८१ मा जिल्लाका सातवटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो संकलन भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो संकलन गरी बिक्री गर्दा नौ लाख ३९ हजार २७ रुपैयाँ आम्दानी भएको थियो । खोटो संकलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो ।