

हाथवे इन्भेष्टमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन




काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको लाभांश पाउने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले भदौ १३ गते बुक क्लोज गरेको छ । कम्पनीले भदौ २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको १७ औं सभा आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने जनाएको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेका छन् ।