


सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?




काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज तोलामा १० रुपैयाँले बढेर २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको २ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।