

जुत्ता सिलाउँदै मुकेशरामले भने,‘बीमा भनेको तिर्ने निमन बा,पाउँने बढीया बा’




काठमाडौं । राजधानिस्थित न्यूप्लाजा चोक नजिकै भेटीए, सर्लाही मलंगवाका,‘मुकेश राम’ । उनले दैनिक जुत्ता पालिस गरेरै आफ्नो गुजारा चलाउँदै आएका छन् ।
आफ्ना ग्राहकहरुको जुत्तामा कुनै पनि किसिमका जोखिम नलागोस् र हेर्दा जुत्ता टलक्क देखियोस भन्दै त्यसलाई टल्काउँन खुब मिहिनेत गर्ने गरेका छन् । तर, ग्राहकहरुले लगाउँने जुत्ता सदैव मजबुद बनाएका उनले आफ्नो जीवन बीमाको बारेमा के कति जानकारी राखेका छन् ? हामीले जान्ने प्रयास गर्यौ । हुन त सिँहदरबारको पर्खाल छेवैमा उनलाई भन्दा पनि राज्यका प्रतिनिधिहरुलाई बीमाको बारेमा के–कस्तो बुझाई राख्नु भएको छ ? भनेर पनि बेला–बेलामा प्रश्न उठ्ने गरेकै छ । अरु जे–जस्तो भए पनि हामीले यस पटक उनै मुकेश रामको मुखबाट बीमा प्रतिको बुझाई जान्ने प्रयत्न गर्यौ ।
बीमा दर्पण डटकम प्रतिनिधि न्यूप्लाजा पुग्दा उनी आफ्नो व्यवसायमै व्यस्त थिए । आफ्नो व्यस्त दैनिकीबाट उनले सोधि हाले,‘के गर्न आउँनु भएको हो ?’ अन्य बेलामा उनको नजिक ग्राहकहरु मात्र पुग्थे । त्यस्ता ग्राहक जसले कि त हातमा जुत्ता, चप्पल च्यापेर जान्थे वा लगाएको जुत्ता टल्काउँनु पर्यो भन्थे । यो उनको दैनिकी नै यो या भनौं त्यस्तो दृश्य उनलाई निकै सामान्य भइसकेको छ । यसपालि हामी पनि ग्राहकको रुपमा नै गयौं तर उनले बुझेको बीमाको बारेमा केही जानकारी पनि लियौं । मुकेश रामले हाम्रो जुत्ता सिलाएर,सजाएर चिटिक्क पनि पारिहाले । सोही बेलामा उनलाई सोधियो, बीमा भनेको के हो बुझ्नु हुन्छ ?
यस्तो थियो उनले दिएको जवाफ
(यत्ना थाहाँ नबा हाम्रा । थोर बहुत पहिचान बा ।) त्यती धेरै त थाहाँ छैन तर मैले बीमा भनेको बुझेको छु । (आम्दामी के घाटाउटा होइलाको बादमे एक्रके पहिले जे हिसाब से कम्पनीमा दाखिलकर्ता हे, यसके बाद रकम आएल बा । बीमा यही बा । तिर्ने निमन बा पाउने बढीया बा) उनले सटिक जवाफ दिए। कसैले थोरै बीमाशुल्क बुझाएपछि घाटाएको अवस्थामा आफ्नो पूर्व सम्झौताबाट बीमाले धेरै पैसा दिन्छ । उनको त्यति जवाफ सुनेपछि हामीले फेरी उनलाई केही जिज्ञासा राख्यौं । उनले आफूले बीमा नगरेको बरु बैंकमा खाता खोलेको सुनाए । महालक्ष्मी विकास बैंकमा उनले खाता खोलेका रहेछन् ।
बीमामा एटीएम कार्ड किन हुँदैन ?
सोही क्रममा उनले एउटा रोचक एवम गज्जवको अवधारणा पनि सुनाए । बैंकमा कारोबार गर्दा बचत हुन्छ, निकाल्न मिल्छ । त्यसमाथि पनि बैंकमा एटीएम कार्ड प्रयोग हुने पक्ष उनलाई निकै मन पर्दो रहेछ । सोही एटीएमको प्रसंग जोड्दै उनले बीमामा अरु कुरा राम्रो भए पनि एटीएम कार्ड किन हुँदैन ? भन्ने कुरा आफूलाई हरबखत खट्कीने गरेको पनि सुनाउँन भ्याए ।
उनले उठाएको यो प्रश्न बीमा कम्पनीहरुले आफूलाई प्राविधिक युगमा प्रवेश गर्यौ भन्ने दाबी गरिरहेको बेलामा ममन गर्न योग्य प्रश्न हुने पनि हामीले ठानेका छौं । यस सवालमा उनको जवाफ जीवन या निर्जीवन बीमा कम्पनीहरुले कहिले र कसरी दिन्छन् भन्ने कुरा पनि निकै गहन र महत्वपूर्ण हुने देखिन्छ ।
बीमाबाट भन्दा औंल्याए सरकारबाटै सुरक्षाको खाँचो
कुराकानीको शिलशिलामा मुकेश रामले बीमाको वास्तविक महत्वको बारेमा भन्दा पनि आफूहरुलाई सरकारले दिने सुरक्षाको विषय बढी चासोमा रहने बताए । उनले सरकार अभिभावक भएकाले एकजनाले मात्र नभई सबैले सरकारकै भर गर्नु पर्ने र सरकार आफ्ना नागरिकहरु प्रति उदार हुनुपर्ने उनको आशय थियो ।
व्यापारमा सुस्तता
पछिल्लो समय व्यापारमा समेत सुस्तता आएको उनले गुनासो गरे । कुनै पनि ग्राहकहरु आफ्नो पसलमा आउँदा उनले सकेसम्म राम्रो सेवा दिने गरेको र दिनभर सक्दो मिहीनेत गर्ने गरेको पनि सुनाए । विगत दुई दशकदेखि एउटै पेशामा अनवरत लागेका उनको तपस्या सानो छैन । हाल आफूले व्यवसाय गरेको १८ वर्ष नाघिसकेको बताउँदै उनले आफ्नो उमेर १२ वर्ष हुँदादेखि काम सुरु गरेको बताए । अहिले उनको उमेर तीस वर्ष पुगेको बताउँछन् ।
पुर्खौली पेशा होइन,आफ्ना सन्तानले पनि रोज्दैनन्
हाल उनले गर्दै आएको काम आफ्नो पुर्खौैली पेशा नभएको जानकारी दिए । साथै, उनले आफूले एउटा लाइन पक्रिए पनि आफ्ना सन्तानहरुको पनि इच्छा अन्य भिन्न पेशामा रहेको बताए । टीका लगाउँन रुचाउँने उनले हालसम्म तराईका धेरै ठाउँहरु घुमेको र देशको पश्चिम भेगमा पोखरा पुगेको सुनाउँदै राजधानी काठमाडौंमा रोजगारी गर्न ठिक लागेको अनुभव साटे ।
सरकारलाई सन्देश
सरकारको बारेमा बोल्दै उनले सबैलाई राम्रो गरेको बेलामा आफूलाई राम्रो गर्ने र अरु सबैलाई राम्रो नगरेको बेलामा आफूलाई नराम्रो गर्ने प्रतिक्रीया दिए । साथै, आफ्नो जीवनसँग आफू निकै सन्तुष्ट रहेको भाव पनि व्यक्त गरे ।
उनलाई कुराकानीको अन्तिममा सोधियो, ठूला-ठूला कलकारखाना र व्यवसाय चलाएर पनि मान्छे खुशी हुँदैन, तपाई धेरै खुशी हुनुहुन्छ, यस्तो कसरी सम्भव छ ?
‘मान्छेलाई मिहीनेत गरेर कामायो-खायो भने मात्रै खुशी मिल्छ । नचाहिदो लालचि त गर्दै नगर्नु, जति पनि मेहनत गर्नुस्, जति पनि मस्त रहनुस् । हामीले बच्चाई पनि यही सिकाएका छौैं । जुन काममा हात चलाए पनि चलाउँ, तर हात चलाउँ ।’
उनको यही आशयबाट पनि बुझ्न सकिन्छ कर्मलाई धर्म ठान्नेहरु नै संसारमा सबैभन्दा धेरै खुशी र सन्तुष्ट रहन सक्छन् ।