

कालीगण्डकी गर्जको ५१ प्रतिशत सेयर ग्रीन भेन्चर्सले खरिद गर्यो




काठमाडौं । कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको संस्थापक सेयर ग्रीन भेन्चर्स कम्पनीले खरिद गरेको छ । भदौ १० गते मंगलबार यी दुइ कम्पनी बीच सयर खरिद सम्झौता भएको हो ।
कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको अर्धजलाशययुक्त प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । उक्त आयोजनाले विद्युत उत्पादनको अनुमति पाइसकेको छ ।
सो आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोर्ड रुपैयाँ छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । यसमा लक्ष्मी सनराईज बैंकको नेतृत्वमा अन्य बैंकहरुको वित्तीय व्यवस्थापन गरिएको छ ।