
झापा इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । झापा इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गरेको छ । यस्तै सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर छुट्याइसकेको छ ।
कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको छ । यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याइ सकेको छ । प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा भदौ २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज ३ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


