

बन्दीपुर केवलकारको आईपीओ सर्वसाधारणका लागि निष्कासन




काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरिसकेको छ । आजदेखि भने सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये ५ लाख ६६ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि र ५ लाख २९ हजार ४०० कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । कम्पनीले १ लाख ५८ हजार ८२० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख ६४ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिने सकिने छ ।