

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर




काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ।
त्यस्तै १० जापानिज येनको खरीददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ तोकिएको छ भने एक मलेसियन रिंगिटको खरीददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३५ रुपैयाँ तोकिएको छ।
त्यसैगरी १०० दक्षिण कोरियन वनको खरीदमूल्य १०.०३ रुपैयाँ र बिक्रीमूल्य १०.०८ रुपैयाँ कामय हुँदा एक कुवेती दिनारको खरीदमूल्य ४५८.१० रुपैयाँ र बिक्रीमूल्य ४६०.०६ रुपैयाँ निर्धारण गरिएको छ।