

सानिमा जीआईसी इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई परीक्षा तथा तालिम दिँदै




काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई तालिम तथा परीक्षामा सहभागी गराउँने भएको छ । कम्पनीका अनुसार मंसिर ९ गतेदेखि मंसिर ११ गतेसम्म तीन दिन सो तालिम आयोजना हुनेछ ।
सोही तालिममा सहभागी हुन कम्पनीको केन्द्रीय कार्यालयमा वा जुगल मिटमार्फत पनि बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म आवद्ध हुन सकिने छ। कम्पनीले उनीहरुको परीक्षा मंसिर १२ गते बिहान ११ बजे संचालन हुने जनाएको छ।
इच्छुकहरुले प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।