

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा




काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ ।
ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले प्रतिफल घोषणा गरेको हो ।
फण्डले इकाईधनीहरुलाई करसहित १२ प्रतिशत नगद प्रतिफल घोषणा गरेको हो ।
भदौ ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल घोषणा गरेको हो ।