

गभर्नर डा. पौडेलको हस्ताक्षर भएको एक हजार दरका नयाँ नोट छापिने




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको पहिलो हस्ताक्षर एक हजार रुपैयाँको नोटमा हुने भएको छ ।
राष्ट्र बैंकले एक हजार दरको नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले ४३ लाख थान नयाँ नोट डिजाइन, छपाइ, आपूर्ति र वितरण कार्यको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
उक्त नोट छाप्न इच्छुक कम्पनीले अक्टोबर ९ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन् । बोलपत्र राष्ट्र बैंकको थापाथली स्थित बैंकिङ विभागमा पेस गर्नुपर्ने जनाइएको छ ।
योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ ।