
कुलमानले भने-१५ दिनभित्र बक्यौता नतिरे एक्सनमा जान्छौं



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले केही (एग्रसिभ एक्सन) कडा कदम चाल्ने संकेत गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले अगामी १५ दिनभित्र विद्युतको बक्यौता नबुझाए आफूहरु चुन नबस्ने र एक्सनमा उत्रिने प्रतिक्रीया दिएका हुन्।
आयोजित पत्रकार सम्मेलनमा सरकारले दिएको समयलाई हातेमालो गर्दै आफूहरु अघि बढेको प्राधिकरण पक्षको भनाई थियो ।
त्यस्तै,लाइन काट्ने र जोड्ने अनि बक्यौता चाही नउठाउने काम सहि नभएकोमा घिसिङले जोड दिएका छन् ।

