

हिमालयन इन्भेष्टमेन्ट बैंकरद्धारा एचएलआई लार्ज क्याप फण्ड निष्काशन गरिने




काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीले पहिलो बन्दमुखि योजना निष्काशन गर्न लागेको हो ।
प्रतिइकाई १० रुपैयाँका दरले ४ अर्ब रुपैयाँको ४० करोड इकाई निष्कासन गर्न लागेको हो । जसमा २ अर्ब रुपैयाँको २० लाख इकाई कोष प्रबद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि छुटयाएको छ । बाँकी रहेको २ अर्ब रुपैयाँको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।
कम्पनीले निष्कासन गर्न लागेको फण्डमा भदौ १५ गतेदेखि आवेदन दिन सकिनेछ । फण्डमा न्यूनतम १०० देखि अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।
फण्डको बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर रहेको छ । फण्डमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।