

अभियान लघुवित्त वित्तीय संस्थामा ६० जनालाई रोजगारीको अवसर




काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले ६० जनालाई रोजगारी दिने भएको छ । कम्पनीले अधिकृतदेखि कनिष्ठ सहायक (प्रशिक्षार्थी)सम्मलाई रोजगारी दिन लागेको हो ।
कम्पनीले अधिकृत २ जना, कनिष्ठ अधिकृत ७ जना, सुपरभाइजर १७ जना, बरिष्ठ सहायक ७ जना, सहायक ९ जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी) १८ जनालाई रोजगारी दिन लागेको छ । सम्बन्धित पदमा आवेदन दिनका लागि २ देखि ५ वर्षको अनुभव भएको हुनुपर्ने छ
सहायक श्रेणीमा १८ देखि ३५ वर्ष ननाघेका र अधिकृत तहमा २१ वर्ष पुरा भएर ४० वर्ष ननाघेका आवेदकले आवेदन दिन पाउनेछन् । महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थपिने छ । छनोटका लागि लिखित परीक्षा र अन्तवार्ता हुनेछ ।