

रहेनन् आईजिआई प्रुडेन्सियलका कीर्तिपुर शाखा प्रमुख ताम्राकार:दुर्घटनाले लग्यो ज्यान




काठमाडौं । कीर्तिपूर शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै बीमितका अनेकौ जोखिमलाई बीमामा जोडेर (रक्षावरण गर्दै) आएका आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका निश्चल ताम्राकारको निधन भएको छ । दुई पांग्रे सवारीबाट उनले आफ्नो ज्यान गुमाएको बुझिएको छ ।
शाखा प्रमुखको समेत रहेका ताम्रकार काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ललितपुर इमाडोलतर्फ बा६५प ३४३३ नम्बरको स्कुटरमा सवार रहेको बेलामा सो दुर्घटना भएको जनाइएको हो ।
उमेर पाँच दशक छेउछाउ पुगेका ताम्राकारले नेशनल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायत बीमा क्षेत्रमा दुई दशकको अनुभव हाँसिल गरेका थिए। कुशल कर्मचारीको छवि बनाएका उनले मर्जरपछि स्थापित ठूलो निर्जीवन बीमा कम्पनीमा काम गर्ने र देशको सेवा गर्ने ठूलो सपनाले पूर्णता नपाउँदै नियतीले उनलाई हामी सबै माझबाट चटक्क चुडेर लगेको छ । त्यो पनि कहिल्यै नफर्किने गरी । हार्दिक समवेदना !