

सेयर बजारमा सामान्य गिरावट




काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । कारोबारमा बजार मापन गर्ने सूचक ९.२२ अंकले घटेर परिसूचक २७५७.९७ बिन्दु कायम भएको छ ।
कारोबारमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बिहीबार ३१९ कम्पनीको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रोपावर कम्पनीको मूल्य बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।