

नयाँ नेत्तृत्वले उकालो लाग्दै राष्ट्रिय जीवन बीमा कम्पनी




काठमाडौं । नेपाली बीमा क्षेत्रमा पछिल्लो समय सरकारी स्वामित्वका बीमा कम्पनीहरुले समेत सुधारको गति लिन सुरु गरेका छन् । विगतमा विभिन्न किसिमका आन्तरिक झमेलादेखि नियामकीय चेपुँवामा परेका कम्पनीहरुले अहिले भने आफ्नो प्रगती विवरणले एउटा गति लिन सुरु गरेको बताएका हुन् ।
राष्ट्रिय जीवन बीमा कम्पनी नेपालमा रहेको एक मात्रै सरकारी जीवन बीमा कम्पनी हो । विगतमा उसले जीवन तथा निर्जीवन बीमा दुवै एकै कम्पनीबाट गर्ने गथ्र्यो । केही वर्ष अघि सरकारले जीवन र निर्जीवन बीमाका लागी छुट्टै कम्पनी खडा गरेको अवस्था छ ।
यता, नेपाली बीमा क्षेत्रको नियामक निकाय (तत्कालिन नेपाल बीमा समिति) हालको नेपाल बीमा प्राधिकरण भन्दा पहिला नै स्थापना हुनुले पनि उसले नेपाली बीमा क्षेत्रमा एउटा गुरु संस्थाको रुपमा अस्थित्व बोकेको छ भने अर्कातिर उसले नियामकझै अनेकौं काम नेपाल सरकारको निर्देशन बमोजिम नै सम्पन्न गर्दै आएको थियो ।
केही वर्ष अघि नेपाली बीमा क्षेत्र मर्जरमय बन्न पुगे । त्यस्तो अवस्थामा मर्जर भन्दा पनि बीमा कम्पनीहरुको पुँजी बढाउने कुरा अघि सारियो । जीवन बीमा कम्पनीहरुको २ अर्बबाट ५ अर्ब रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुको १ अर्बबाट साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउने नियामकिय निर्णय सार्वजनिक भयो ।
यस्तो निर्णय हुने बेलासम्म सरकारी बीमा कम्पनीहरुलाई आफ्ना पुराना हिसाब किताब फरफारकका केही झमेलाले लामो समयसम्म अल्झायो । हुनसक्छ, कारणका रुपमा एकातिर संस्थानका जिम्मेवारी लिएका व्यक्तीहरुले कार्यसम्पदान गर्न सकेनन्, उनीहरुलाई चाहेको अवस्थामा पनि काम गर्ने वातावरणले साथ दिएन वा नियामकले समेत सरकारी स्वामित्वका कम्पनीलाई जानिदो, नजानिदो रुपमा काखापाखा गर्ने स्थिती रहयो । यसमा सरकारी स्वामित्व भएका कम्पनी र सरकारी नियामक बिच नेपालमा मात्र नभई अन्य देशका प्राक्टिसमा समेत केही भिन्नता देखिने नेत्तृत्व तहबाट व्याख्या हुने गरेको थियो ।
अब लागौं, अहिलेको (बीमा संस्थान) हालको राष्ट्रिय जीवन बीमा कम्पनीतर्फ
पछिल्लो समय राष्ट्रिय जीवन बीमा कम्पनीको नेत्तृत्वमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थी छन् । पन्थीको इन्ट्री नेपाल बैंकबाट भएको हो । सीईओ पन्थीको नेत्तृत्वमा राष्ट्रिय बीमा कम्पनीको रंग केही परिवर्तन भएको उनलाई नजिकबाट नियाल्नेहरुले व्याख्या गर्न सुरु गरेका छन् । उनै सीईओ पन्थी समेतले आफूले जे सकिन्छ आफ्नो तहबाट सबैले पहल गरेमा मात्रै कुनै पनि कुराको विकास, समाधान हुनेमा उनले विश्वास राख्ने बताएका छन् ।
भनाईको मतलब हामीले जहिले पनि कुनै पनि व्यक्ती, कसैको पदमा पछि लाग्ने भन्दा पनि समग्र पद्धती र सकारात्मकतामा सबैको ध्यान केन्द्रित हुनुपर्ने उनै पन्थीको आशय थियो ।
विगत ६ महिना अघिको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको बाहिरी सजावट नै परिवर्तन भएको त्यहाँ कार्यरत एक कर्मचारीले बीमा दर्पण डटकमलाई सुनाए ।
ती कर्मचारीले विश्वमा बीमाको संख्यात्मक वृद्धि मात्र नभई गुणस्तरमा हुने बृद्धिले ठूलो माने राख्ने बताए । उनको आशय थियो, बीमा कम्पनी र बीमितको संख्यासँगै बीमा कम्पनीको गुणस्तर पनि बृद्धि हुनुपर्छ भन्ने ।
पछिल्लो समय राष्ट्रिय जीवन बीमा कम्पनीको कर्मचारीहरुले बीमा सेवालाई नै केन्द्रमा राखेर काम सुरु गरेको र छोटो समयमा नै त्यसको नतिजा आउन सुरु गरेको सुनाए ।
सीईओ पन्थीको आगमन अघि राष्ट्रिय जीवन बीमा कम्पनीको कार्यवहाक सीईओ समेत बनेका (सीए) महेश रिमालले समेत सरकारी संस्थामा लागेका कर्मचारीहरुले यही देशमा केही गर्छु भनेर काम गर्ने भएकाले, अर्कातर्फ व्यवसायीक प्रतिस्पर्धा, पारदर्शीता, अनुशासान र नथाकि (अथक) मेहनत गर्नेतर्फ धकेलिसकेको सुनाएका थिए । रिमाल हालका सोही कम्पनीका सशक्त डीसीईओ हुन् ।
यद्यपी कतिपय अवस्थामा पहिले स्थापना भएको आधारमा बीमा संस्थान जेठो हो की नियामकीय निकायको आधारमा बीमा समितिका हर निर्णय संस्थानले मान्नु पर्छ ? भन्ने बहसमा नै यो संस्थाले लामो समय व्यतीत गरेको कुरा सत्य हो ।
अहिले भने नेपाली बीमा बजारको सिनारीयो नै फेरीएका छन् । ३, ४ वर्षमा बीमा क्षेत्रलाई नै उचाईमा पुर्याउने सीईओहरुले समेत यस उद्योगबाट बिदा लिएको समेत अवस्था छ । कुनै पनि कर्मचारीहरुको सुविधा कटौती नगर्ने वाचा गरिए पनि हालसम्म निजी कम्पनीका कार्यरत कम्पनीहरु थोरै तलब बढ्दा होस् वा प्रमोसनको लोभमा रातारात अर्को कम्पनीका जम्प गर्न बाध्य छन् ।
यस्तो बेलामा राष्ट्रिय जीवन बीमा कम्पनी आफै सरकारी कम्पनी भएकाले पनि कुनै पनि इन्टीच्यूसनलाई धरासायी बनाएर भन्दा पनि मजबुत बनाएमा धेरै बीमित, शेयरहोल्डर, नागरिकहरुले लाभ लिनसक्नेम हाल राष्ट्रिय जीवन बीमा कम्पनी उभिएको छ । छिट्टै विगतका केही समस्याहरुलाई समाधानतर्फ लाग्दै, कम्पनीको ठूला कमजोरीमा समेत नियामकले समेत जस मात्र नभई अलिकित आत्मबोध र अभिभावकत्व समेत ग्रहण गरेमा नेपाली सरकारी बीमा कम्पनीहरुको समेत काँचुली फेरीने पक्का छ ।
होइन भने, नेत्तृत्व कर्मचारीहरु परिर्वतन भइरहने छन् तर पुरातवादी परिपाटीमा कुनै परिवर्तन आउँदैन । एकदिन त्यस्तो संस्थामा फैलिएको वित्तीय संकटले ढिलो चाडो, बीमित, शेयरहोल्डर र मुख्य रुपमा बीमाको माध्यमलाई नै आशा, भरोसाको केन्द्र मानेका नागरिकका झिनो आशा समेत आशामै सिमित हुने दिन आउँदैन भन्न सकिन्न ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स)