

न्यायिक समितिबाट बीमा प्राधिकरणका अध्यक्ष ओझा अयोग्य ठहर हुँदा फर्किने सम्भावना न्यून




काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कान्छा अध्यक्षको रुपमा नियुक्ती लिएका शरद ओझाले फेरी बीमा प्राधिकरणमा आफ्नो कार्यभार सम्हाल्ने सम्भावना न्यून भएको छ । उनै ओझा गत फागुन १२ गते नियुक्त भएका थिए ।
चार वर्षे कार्यकालको लागि नियुक्ती पाएका उनले किर्ते काजगात बुझाएको सूचना समेत एकाएक बाहिरीन पुग्यो । सोही उजूरी परेसँगै सुरु गरेको छानविनका आधारमा उनलाई दिइएको पूर्व नियुक्तीमा योग्यता नपुगेको उच्च विश्लेषकले बताएका छन् ।
हाल उनको वैद्यतामा नै प्रश्न उठेको बेलामा सुरुमा चाही उनी कसरी वैद्य भए त ? भन्ने कौतुहलता पनि आम बीमा क्षेत्रमा रहदै आएको छ ।