

भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने सहमति




काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिद गर्ने नेपाल विद्युत् प्राधिकरणलाइ जानकारी गराएकाे छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार नेपालमा विभिन्न ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट केही दिनबाट निर्यात सुरु हुनेछ ।
उनका अनुसार लोअर सोलु, ठूलो खोला, लिखु–२, लिखु खोला ए, सुपर काबेली खोला र सुपर कावेली खोला एबाट उत्पादन भएको विद्युत निर्यात गरिने छ । थप २०० मेगावाटसहित भारतले नेपालबाट करिब १०५० मेगावाट विद्युत आयात गरिरहेको छ । उक्त विद्युत २०२५ अगस्ट ११ देखि अक्टोबर ३१ सम्म नेपालले निर्यात गर्ने छ ।