

सूर्यज्योति लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न




काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा नगरकोटमा रहेको होटल माइस्टिक माउण्टेनमा साउन १८–१९ गतेसहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कम्पनी सञ्चालक समिती केशव भट्टराईले अभिकर्ताहरुको क्षमता र उनीको उत्कृष्ट कार्यसम्पादनको उच्च कदरको लागि कम्पनी सधै अग्रसर रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र– अभिकर्ताहरूले आफ्नो टिम विस्तार गर्नु, कर्मचारीहरूले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बीमितहरूका लागि दरिलो विश्वास दिलाएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए ।
बीमितहरूको सहजताका लागि नयाँ–नयाँ प्रविधिमैत्री सेवा विस्तार गर्दै लगेको र यसैअन्तर्गतको ‘मोबाइल एप’ अभिकर्ता र बीमितहरूका लागि एकदमै उपयोगी भएको उनले बताए ।
आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कारोबार गर्न सफल भएका अभिकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । गत आवमा उत्कृष्ट व्यवसाय गरी यो पटकसहित लगातार आठौ पटकसम्म सबैभन्दा बढी व्यवसाय गर्न सफल बुटवल पाल्पा शाखाका कमल प्रसाद घिमिरे तथा दोस्रो स्थानमा रहेका नेपालगंज शाखाका गौरब कुमार शाही र बनेपा शाखाका दिपक सापकोटासहित देशभरीका सर्वोत्कृष्ट एजेन्सीको सहगागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष केशव भट्राई, प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री, चिफ बिजनेश अफिसर फर्सुराम मरासीनी, उत्कृष्ट अभिकर्ता लगायत कम्पनीका उच्च व्यवस्थापक समुहका कर्मचारीको सहभागिता रहेको थियो ।