

गणपति लघुवित्तको नाफामा वृद्धि




काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित गरेको वित्तीय अनुसार यस संस्थाले गत आवमा ४ करोड २५ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखिए रुपमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस संस्थाले १ करोड ५२ लाख ६ हजार रुपैयाँमात्र नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १६८.२७ प्रतिशतले वृद्धि भई ६ करोड ७१ हजार रुपैयाँ पुगेको छ ।
संस्थाको यस अवधिमा कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसैगरी, यस कम्पनीको खुद ब्याज आम्दानी पनि ४१.७१ प्रतिशतले वृद्धि भई १७ करोड २७ लाख रुपैयाँमा पुगेको छ । कम्पनीले खुद फि तथा कमिसन आम्दानी भने ८६.५७ प्रतिशतले घटेर मात्र ८ लाख ४१ हजार रुपैयाँमा झरेको छ ।
आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४२ पैसा पुगेको छ। यस अवधिमा लघुवित्तको कुल प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४ पैसा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १८ रुपैयाँ १ पैसाले वृद्धि हो । कम्पनीको मूल्य–आर्जन अनुपात ५६.६६ रहेको छ । यसैगरी, प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ ।
यस कम्पनीको चुक्ता पुँजी गत आवसम्म १५ करोड १५ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी लगेको छ ।