


सुनको मूल्य ऐतिहासिक उचाईमा, मंगलबार प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बैशाख ९ गते एक लाख ९७ हजार ९०० रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्यले आज उक्त दिनको रेकर्ड तोडेको हो ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय ८० रुपैयाँ पुगेको छ ।