

आज एशियन लाइफको हकप्रदमा आवेदन दिने अन्तिम दिन




काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद सेयर जारी गरेको छ । जसमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेकाले जेठ १४ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपियाँ रहेको छ । हकप्रद शेयर बिक्रीपछि ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपियाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।