

अरिहन्त कम्पनीले गर्यो करिब एक अर्बको व्यापार




काठमाडौं । अरिहन्त इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले एक वर्षमा लगभग एक अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ९५ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीको व्यापार सन् २०२२ को भन्दा धेरै बढेको छ । सन् २०२३ मा कम्पनीले ६९ करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२२ को तुलनामा भने घटेको छ । सन् २०२२ मा यस कम्पनीले १ अर्ब ४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २००६ मा सञ्चालनमा आएको यस कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जा लिनको लागि ७९ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
कम्पनीको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले केयर एन पि डबल बि माइनस रेटिङ दिएको छ भने अल्पकालीन ऋणको लागि केयर एन पि ए फोर रेटिङ दिएको छ । अरिहन्त इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नामबाट २०६३ साल कार्तिक २८ गते स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५–७६ देखि व्यवसाय सञ्चालन गरेको हो ।
यो कम्पनीले कोइला, तामा (कपर), एल्युमिनियम, जिप्सम, रेजिन लगायतका सामग्रीहरू आयात गरी व्यापार गर्ने गरेको छ । साथै, अरिहन्त समूहका उत्पादनसम्बन्धी शाखाहरूलाई आवश्यक पर्ने स्यानिटरी वेयर, विद्युत् तथा निर्माण सामग्रीहरू आयात गर्ने गरेको छ ।
कम्पनीको मुख्य कार्यालय विराटनगरमा रहेको छ भने इटहरी, भैरहवा र वीरगन्जमा तीनवटा शाखाहरू मार्फत कारोबार सञ्चालन भइरहेको छ ।