


सुनचाँदीको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?




काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार तोलाको २ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।