

मुग्लिन–पोखरा सडकखण्डको ऐनापहरामा बस दुर्घटना




काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक बस दुर्घटना भएको छ ।
गोरखाबाट नारायणगढ चल्ने ग २ ख १०७७ नम्बरको बस आइतबार सडकबाट १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय,आँबुखैरेनीले जनाएको छ ।
पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ।