

सुनको मूल्य शुक्रबार प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।