

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर




काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३२.७९ रुपैयाँ र बिक्रीदर ३२.९३ रुपैयाँ तोकिएको छ।
त्यसैगरी १०० दक्षिण कोरियन वनको खरीददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ, एक हङकङ डलरको खरीददर १७.८२ रुपैयाँ र बिक्रीदर १७.८९ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५७.१८ रुपैयाँ र बिक्रीदर ४५९.१४ रुपैयाँ कायम भएको छ।