

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?




काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज बजारमा चाँदी प्रतितोला २ हजार २ सय ७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।