

प्रभु महालक्ष्मी लाइफको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ सम्पन्न भएको छ। चितवनको नारायणगढमा साउन १० देखि १४ गतेसम्म ५ दिन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा देशैभरीका ११५ शाखाका शाखा प्रमुख र केन्द्रीय कार्यालयबाट व्यवस्थापन समूहको सहभागीता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले सबैको मिहिनेतले गत आर्थिक वर्ष २०८१/८२ मा व्यवसाय वृद्धिका हिसाबले नेपाली बीमा क्षेत्रमा प्रभु महालक्ष्मी लाइफलाई अब्बल साबित गर्न सहयोग गरेकोमा सबै शाखा प्रमुख, कर्मचारी, अभिकर्ता, व्यवस्थापन समूह, संचालक समिति लगायतलाई धन्यवाद व्यक्त गरेका थिए।
कम्पनीलाई विश्वास गरी बीमा गरेका सम्पूर्ण बीमितलाई धन्यवाद दिंदै विश्वासलाई जिम्मेवारीको रूपमा ग्रहण गर्ने बताए। त्यसैगरी आर्थिक वर्ष २०८२–८३ को व्यवसायी लक्ष्य र उक्त लक्ष्य हासिल गर्ने कम्पनीको रणनीति प्रस्तुत गर्दै सोही अनुसार अगाडि बढ्न निर्देशन दिए।
यस कार्यक्रममा उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न विधामा कर्मचारीहरूलाई अवार्ड, प्रमाण पत्र सहित सम्मान गरीएको थियो।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोर प्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गरेका थिए। कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आर्थिक वर्ष २०८२/८३ मा अझ सशक्त र आक्रामक बजार विस्तार गर्ने व्यवसायीक रणनीतिको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा एनएलपी कोच मिन घलेले जीवन बीमा व्यवसायका समस्या, सोको समाधान, व्यवसाय विस्तारको कार्यगत रणनीतिका बारेमा व्यवहारीक तालीम समेत दिएका थिए। साथै कार्यक्रममा प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर मनोज गजुरेलले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए।