

सानिमा रिलायन्स लाइफको व्यवसाय बढ्यो




काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय उल्लेख्य रुपले बृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१–०८२ मा सात अर्बबढीको कुल बीमा शुल्क आर्जन गरेको हो ।
कम्पनीले ल्याएको व्यवसायीक रणनीति, अभिकर्ताको सक्रियता र कर्मचारीको शत प्रतिशत कार्य सम्पादनको नतिजाले सात अर्बको व्यवसाय सम्भव भएको कम्पनीले जनाएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अभिकर्ता प्रोत्साहन र देशको आर्थिक अवस्था अनुरुप अपनाइएको पोलिसीले व्यवसायीक रफ्तार समाएको छ । कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी, अभिकर्ता तथा स्टेक होल्डरहरुसँग मिलेर भव्य रुपमा मनाएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण सञ्चालक, स्टेक होल्डर, विशेषगरी अभिकर्ता तथा कर्मचारीको उत्कृष्ट कार्य सम्पादन र देशको आवश्यकताको आधारमा ल्याइएका उत्कृष्ट बीमा पोलिसीले सफलता प्राप्त गरेको बताए ।
सानिमा रिलायन्स लाइफमा उत्कृष्ट व्यवसाय गर्दै आएका अभिकर्ताहरुले कम्पनीका उत्कृष्ट व्यवस्थापन र अभिकर्ताबीचको व्यापक छलफल, सहकार्य तथा आपसी समझादारीले ल्याएका विभिन्न व्यवसायीक स्कीमहरुले सात अर्बको व्यवसाय आर्जन गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।