

सानिमा बैंकको अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा




काठमाडौं । सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ ।
यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क/एफसिवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।