


सुनको मूल्य घट्यो, प्रतितोला कति ?




काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रूपँयाले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ५ रूपँयाले बढेको छ । शुक्रबार चाँदी २ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।