

सिटिजन्स बैंकका ग्राहकलाई ई–स्पोट नेपालको सेवामा छूट




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नागपोखरीमा रहेको ई–स्पोट नेपालको सेवामा विशेष छूट पाउने भएका छन्।
सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिंग प्रयोगकर्ता ग्राहकलाई छूट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
यससँगै सिटिजन्स बैंकका ग्राहकले ई–स्पोट नेपालको सबै आउटलेटमा ५ प्रतिशत ईभी चार्जिङ र ५ प्रतिशत फुडमा गरी १० प्रतिशतसम्मको छूट पाउने भएका छन्।
यस्तो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिंगको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा यस्ता सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।