

सन नेपाल लाइफको लिलामी शेयर बाँडफाँड




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ देखि ३० गतेसम्म लिलाम बिक्रीमा राखेको अवितरित हकप्रद शेयर हिजो बाँडफाँड गरेको छ।
कम्पनीले लकइनमा नरहेको संस्थापकतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारणतर्फको १ लाख ४० हजार ४५७ कित्ता र लकइनमा रहेको सर्वसाधारणतर्फको ४ हजार ४९ कित्ता गरी जम्मा २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलाम बिक्रीमा राखेको थियो।
बिक्री अवधिभर परेको गोप्य शिलबन्दी बोलपत्रहरू हिजो साउन ६ गते मंगलबार बाँडफाँड गरेको हो।
बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) संस्थापकतर्फ प्रतिकित्ता १५१ रुपैयाँ र सर्वसाधारणतर्फ लकइनमा रहेको शेयरको प्रतिकित्ता ४०१ रुपैयाँ र लकइनमा नरहेको शेयरको ४६१ रुपैयाँ प्रतिकित्ता कायम भएको थियो।
उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ।
साथै बाँडफाँडमा नपरेकाहरूको रकम साउन ८ देखि १३ गतेसम्म आवेदकको बैंक खातामा कनेक्ट आईपीएस मार्फत् रकम फिर्ता गरिने जानकारी दिएको छ।