

बजारमा उत्साह कायमै




काठमाडौँ । नेपाली शेयर बजारमा केही दिनदेखि देखिएको निरन्तर वृद्धिपछि आज बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । कारोवारको सुरुमा नेप्से सूचकमा तीव्र वृद्धिको संकेत देखिए पनि दिनभर विभिन्न समय अन्तरालमा बजार ह्वात्तै बढ्ने र फेरि घट्ने अवस्थाले लगानीकर्तालाई अन्योलमा पार्यो । विशेषगरी पछिल्लो समय बजारमा देखिएको सकारात्मक वातावरणले नयाँ तथा अनुभवहीन लगानीकर्ता सक्रिय बनेका थिए तर बजारको आजको प्रवृत्तिले सावधानी अपनाउनुपर्ने अवस्था आएको छ ।
नेपाल स्टक एक्कचेञ्ज (नेप्से) ५.१७ अंंकले बढेर २९७८.८८ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
आज ६ उपसूचक राताम्य भएको छ भने ७ उपसूचकमा हरियाली आएको छ । यसदिन ९८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ ।