

सेयर बजारमा हरियाली




काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै सुधार आएको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । करिब १ वर्षपछि बजार ३ हजार बिन्दु नजिक पुगेको छ ।
बजारमा हरियाली छाउँदा कारोबार करममा पनि उत्साह छाएको छ ।
बजार मापन गर्ने सूचक ८०.९७ अंकले बढेर परिसूचक २९७३.७० बिन्दु कायम भएको छ । ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । आज २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ ।
कारोबारमा ट्रेड टावर, शिवम सिमेन्ट, सान्भी इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।