

३३ अर्ब ४४ करोडको ईभी आयात भएको बेलामा अघिल्लो वर्षभन्दा साढे २ अर्ब धेरै




काठमाडौं । पछिल्लो नेपालमा भित्रिने विद्युतीय सवारी साधान ईभी आयात ह्वात्तै बढ्न थालेको देखिन्छ। प्रकाशित तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा गत आवको असार मसान्तसम्म नेपालमा विद्युतीय सवारी साधन आयात २ अर्ब ६६ करोड ८५ लाख ५४ हजार रुपैयाँ अर्थान ८.६७ प्रतिशले बढी रहेको देखिएको हो ।
यता, भन्सार विभागका अनुसार नेपालमा अघिल्लो आवमा ३० अर्ब ७७ करोड ७३ लाख ३६ हजार रुपैयाँको २३ हजार ८७२ वटा विद्युतीय सवारी साधान आयात भएको छ । यो अवधिमा राज्यले १३ अर्ब ७२ करोड रुपैयाँ राजस्व पाएको अवस्था छ ।
त्यसरी नै गत आवमा विभिन्न देशबाट ३३ अर्ब ४४ करोड ५८ लाख ९१ हजार रुपैयाँको गाडी आयात भएको छ । १ वर्षको अवधिमा ३० हजार ८३ थान गाडी आयात हुँदा राज्यले २० अर्ब २७ करोड ८४ लाख ५९ हजार रुपैयाँ कर पाएको छ । नेपालमा सबैभन्दा बढी चीनबाट २६ अर्ब ३३ करोड १० लाख २५ हजार रुपैयाँको २५ हजार १९२ थान सवारी साधान आयात भएका छन् ।
साथै, भारतबाट ६ अर्ब ६४ करोड ८४ लाख ५९ हजार रुपैयाँको ४ हजार ७८४ थान गाडी आयात भएको छ । विभागका अनुसार नेपालमा चीन, भारतका साथै इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, मलेसिया, अमेरिका लगायत देशबाट विद्युतीय सवारी साधान आयात हुने गरेको भन्सारको सोही तथ्यांकमा देख्न सकिन्छ।