


सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कति पुग्यो प्रतितोला ?




काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।