

नबिल बैंकले जारी गर्यो ऋणपत्र




काठमाडौं । नबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले प्रति इकाइ एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो । जसमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बैंकले बाँडफाँट गर्ने जनाएको छ । यस्तै बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २०
करोड रुपैयाँको १२ लाख इकाई सर्वसाधारणलाई बाँडफाँट गर्ने जनाएको छ ।
बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो । यस्तै ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम सबै इकाइका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।