

नेपाल इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड प्राप्त




काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत (नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड २०२४) का लागि गोल्ड अवार्ड सम्मान पाएको छ ।
इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल ¥याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायज्यूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरिएको हो ।